भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार



भारतको चेन्नइमा एकजना रुसी महिलालाई बलात्कार गर्ने ६ भारतीय व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सम्बद्ध अधिकारीहरुलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएअनुसार ती रुसी महिलालाई हप्तादिन लागूऔषध खुवाएर बलात्कार गरिएको थियो ।

ती महिलालाई बलात्कार गर्ने व्यक्तिको खोजी प्रहरीले जारी राखेको थियो । त्यस कुकर्ममा संलग्न ६ जनालाई बिहीबार पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ ।

ती महिला बस्ने होटलकै कोठामा बलात्कृत भएकी थिइन् । २१ वर्षीय ती रुसी महिलाको अनुहारमा घाउ भएको र उनी नाङ्गो अवस्थामा होटेलको कोठामा फेला परेकी थिइन् ।

हप्ता दिनअघि भएको यस बलात्कारको घटनामा संलग्न रहेको आशङ्कामा ६ जना व्यक्तिकालाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको बताइएको छ ।

भारतमा यस्ता बलात्कारका घटनामा वृद्धि भएपछि कडा कानुन ल्याइएको छ । तर सो कानुनले पनि यस्तो कुकर्मलाई भने रोक्न नसकेको बताइन्छ ।

Comments

Popular posts from this blog

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी

रातभरी ३२ किमि हिँडेर पहिलो दिन अफिस पुगेः मालिकले उपहारमा दिए नयाँ कार