ऋषि धमला बने माेडल (भिडियाे सहित)
काठमाडाैं – पत्रकार ऋषि धमलाको सबल र दूर्बल पक्षलार्इ समेटेर तयार पारिएकाे ‘धमला धमला ऋषि धमला’ बाेलकाे गीत सार्वजनिक भएको छ।मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएकाे हाे ।हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो अहिलेसम्म झण्डै २२ हजार ५ सय भन्दा बढीले हेरीसकेका छन् ।
कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको गीतकार देउजाले बताउनुभयाे । यस अघि देउजाकाे शब्द रचना रहेका झण्डै अाधा दर्जन जति गीत बजारमा अाइसकेकाे छ । पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयाे ।
Comments
Post a Comment