ओठमा दल्ने लिपबाम जानिराख्नुस् तपाईंले नसोचेका अरु १० काम



अधिकांशको साथमा हुन्छ लिप बाम । ओठ फुट्न नदिन तथा फुटेको ओठ नरम बनाउन लिप बाम प्रयोग गरिन्छ । तर, लिप बामको फाइदा ओठका लागि मात्रै छैन । यसको १० उपयोगीता पढिसकेपछि, अझ प्रयोग गरेपछि तपाईं पक्कै अचम्ममा पर्नुहुन्छ :

१. तपाईंलाई कुनै जुत्ता साह्रै मन पर्यो, तर साइज खुुट्टालाई चाहिनेभन्दा केही सानो छ भने के गर्नुहुन्छ ? दुखाउने या घाउनै बनाउने जुत्ता छाडेर हिँड्नुहुन्छ । तर, लिप बामको सदुपयोग गर्नुभयो भने मनपरेको जुत्ता तपाईंले छाड्नै पर्दैन । दुखाई हुने ठाउँमा लिप बाम दल्नुहोस् र जुत्ता लगाउनुहोस्, सानो जुत्ताबाट हुने असुविधा पूर्ण रुपले अन्त्य गरिदिन्छ ।

२. औंलामा औंठी सानो भएर निकाल्न कहिलेकाहिँ तानव नै पर्छ । तर, औंठी रहेको भागको तल र माथि लिप बाम लगाएर लगाएर हल्का मसाज गर्नुहोस् । अब, बिस्तारै औंठी खोल्ने प्रयास गर्नुहोस्, समस्याबाट सजिलै मुक्ति मिल्छ ।

३. तपाईंलाई रुघाले ग्रस्ता पारेको छ, लगातार हाछ्युँ आइरहेको छ र नाक सुख्खा भएको छ भने लिप बामलाई सम्झिनुहोस् । सिंगान पुछ्दा नाकको छाला गएको अवस्थामा पनि लिप बाम उपयोगी हुन्छ ।

४. शारीरमा कतै काटेको छ भने लिपबाम दल्नुहोस् । घाउमा संक्रमण हुनबाट यसले बताउँछ । तर, यसलाई औषधिकै रुपमा प्रयोग गर्न भने हुँदैन । औषधि नहुन्जेल मात्रै यसलाई प्रयोग गर्नुहोस् ।

५. छालाको जुत्तामा लगाउने पोलिस सकिएको छ । तर, फोहोर जुत्ता टल्काएर तत्काल कतै निस्किनु पनि छ । यो अवस्थामा लिप बाम दल्नुहोस् । लिप बामले चाउरी परेको जुत्तालाई पनि रिाम्रो बनाइदिन्छ । चमकता ल्याएर पूरै नायाँ देखाइदिन्छ ।

६. तपाईंको कपाल फुङ्ग उँडेको, सपक्क नबस्ने समस्या छ भने पनि लिप बाम प्रयोग गर्न सक्नुहुन्छ । थोरै लिपबाम हातमा राखेर बिस्तारै कपालको जरैदेखि लगाउँदा सर्लक्क मिलेर बस्छ ।

७. कपाल लामो छ र टुप्पामा हाँगा फाटेको छ भने पनि लिप बामबाटै समाधान खोज्न सक्नुहुन्छ । लिप बामले कपालमा हाँगा फाट्नबाट जोगाउँछ ।

८. प्यान्ट्स, ज्याकेटलगायतको जिपर बिग्रेको छ, चेन नै लक हुँदैन या चेन लगाउँदा जाम भएर अप्ठ्यारो छ भने लिप बाम दल्नुहोस् । जिपरमा लिप बाम दलेपछि समस्याको समाधान तत्काल हुन्छ ।

९. लामो समयदेखि गहना लगाउनु भएको छैन नाक–कानका प्वाल साना बन्दै गएका हुन्छन् । पछि गहना लगाउँदा नाक–कान दुख्ने हुन्छ । यो अवस्थामा पहिले थोरै लिप बाम लगाएर एकछिन मसाज गरेपछि गहना लगाउँदा सजिलो हुन्छ । दुख्ने र संक्रमण हुने खतरा रहँदैन ।

१०. आँखामा लगाएको मस्कारा पानीलले धुँदा सजिलै नहट्न सक्छ । हाहतमा थोरै लिप बाम लिएर मस्कारा लगाएको ठाउँमा दल्दा हटाउन सजिलो गराइदिन्छ

Comments

  1. How To Bet On 1xbet Korean
    It is possible to bet on febcasino soccer games with a minimum bet of 10.1 on a 1xbet fixed match between the two teams. This bet allows 제왕 카지노 you to bet on the winner of a game with

    ReplyDelete

Post a Comment

Popular posts from this blog

कस्तो अनौठो : आफ्नै छोरीको यौनी छेदन गर्ने परम्परा ! आखिर किन गरिन्छ यस्तो ?

महिलाहरुले नहेर्दिनुहोला यो भिडियो..पुरुषले हेर्न नछुटाउनुहोला