ओठमा दल्ने लिपबाम जानिराख्नुस् तपाईंले नसोचेका अरु १० काम



अधिकांशको साथमा हुन्छ लिप बाम । ओठ फुट्न नदिन तथा फुटेको ओठ नरम बनाउन लिप बाम प्रयोग गरिन्छ । तर, लिप बामको फाइदा ओठका लागि मात्रै छैन । यसको १० उपयोगीता पढिसकेपछि, अझ प्रयोग गरेपछि तपाईं पक्कै अचम्ममा पर्नुहुन्छ :

१. तपाईंलाई कुनै जुत्ता साह्रै मन पर्यो, तर साइज खुुट्टालाई चाहिनेभन्दा केही सानो छ भने के गर्नुहुन्छ ? दुखाउने या घाउनै बनाउने जुत्ता छाडेर हिँड्नुहुन्छ । तर, लिप बामको सदुपयोग गर्नुभयो भने मनपरेको जुत्ता तपाईंले छाड्नै पर्दैन । दुखाई हुने ठाउँमा लिप बाम दल्नुहोस् र जुत्ता लगाउनुहोस्, सानो जुत्ताबाट हुने असुविधा पूर्ण रुपले अन्त्य गरिदिन्छ ।

२. औंलामा औंठी सानो भएर निकाल्न कहिलेकाहिँ तानव नै पर्छ । तर, औंठी रहेको भागको तल र माथि लिप बाम लगाएर लगाएर हल्का मसाज गर्नुहोस् । अब, बिस्तारै औंठी खोल्ने प्रयास गर्नुहोस्, समस्याबाट सजिलै मुक्ति मिल्छ ।

३. तपाईंलाई रुघाले ग्रस्ता पारेको छ, लगातार हाछ्युँ आइरहेको छ र नाक सुख्खा भएको छ भने लिप बामलाई सम्झिनुहोस् । सिंगान पुछ्दा नाकको छाला गएको अवस्थामा पनि लिप बाम उपयोगी हुन्छ ।

४. शारीरमा कतै काटेको छ भने लिपबाम दल्नुहोस् । घाउमा संक्रमण हुनबाट यसले बताउँछ । तर, यसलाई औषधिकै रुपमा प्रयोग गर्न भने हुँदैन । औषधि नहुन्जेल मात्रै यसलाई प्रयोग गर्नुहोस् ।

५. छालाको जुत्तामा लगाउने पोलिस सकिएको छ । तर, फोहोर जुत्ता टल्काएर तत्काल कतै निस्किनु पनि छ । यो अवस्थामा लिप बाम दल्नुहोस् । लिप बामले चाउरी परेको जुत्तालाई पनि रिाम्रो बनाइदिन्छ । चमकता ल्याएर पूरै नायाँ देखाइदिन्छ ।

६. तपाईंको कपाल फुङ्ग उँडेको, सपक्क नबस्ने समस्या छ भने पनि लिप बाम प्रयोग गर्न सक्नुहुन्छ । थोरै लिपबाम हातमा राखेर बिस्तारै कपालको जरैदेखि लगाउँदा सर्लक्क मिलेर बस्छ ।

७. कपाल लामो छ र टुप्पामा हाँगा फाटेको छ भने पनि लिप बामबाटै समाधान खोज्न सक्नुहुन्छ । लिप बामले कपालमा हाँगा फाट्नबाट जोगाउँछ ।

८. प्यान्ट्स, ज्याकेटलगायतको जिपर बिग्रेको छ, चेन नै लक हुँदैन या चेन लगाउँदा जाम भएर अप्ठ्यारो छ भने लिप बाम दल्नुहोस् । जिपरमा लिप बाम दलेपछि समस्याको समाधान तत्काल हुन्छ ।

९. लामो समयदेखि गहना लगाउनु भएको छैन नाक–कानका प्वाल साना बन्दै गएका हुन्छन् । पछि गहना लगाउँदा नाक–कान दुख्ने हुन्छ । यो अवस्थामा पहिले थोरै लिप बाम लगाएर एकछिन मसाज गरेपछि गहना लगाउँदा सजिलो हुन्छ । दुख्ने र संक्रमण हुने खतरा रहँदैन ।

१०. आँखामा लगाएको मस्कारा पानीलले धुँदा सजिलै नहट्न सक्छ । हाहतमा थोरै लिप बाम लिएर मस्कारा लगाएको ठाउँमा दल्दा हटाउन सजिलो गराइदिन्छ

Comments

  1. How To Bet On 1xbet Korean
    It is possible to bet on febcasino soccer games with a minimum bet of 10.1 on a 1xbet fixed match between the two teams. This bet allows 제왕 카지노 you to bet on the winner of a game with

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी