यसरी हटाउन सकिन्छ गर्भवती अवस्थामा पेटमा कोरिएको दाग ! जानी राखौ



गर्भवती अवस्थामा महिलाहरुको छाला निकै सेन्सेटिभ भएका हुन्छन् । त्यहाँ हातले कन्याए अथवा च्यापिएमा पनि छाला च्यातिएर दाग बस्न सक्छ । बच्चा पाइसकेपछि पनि छालामा बसेको उक्त दाग लामो समयसम्म जाँदैन । यसले गर्दा महिलाहरुको सौन्दर्यमा असर पु¥याउन सक्छ । त्यसैले यस्ता दाग हटाउनका केही उपायहरु अपनाउन सकिने अध्ययनले जनाएको छ ।

चिनी: २ चम्चा चिनीमा बदामको तेल र कागतीको जुस मिसाएर घोल्ने । उक्त घोललाई दाग भएको छालामा लेप्ने । १० मिनेटसम्म दाग वरिपरि मसाग गर्ने र पखाल्ने । एक महिनासम्म यो विधि अपनाउनेले छाला च्यातिएर भएको दाग हटाउन सकिन्छ ।

आलु: तरकारीको राजा आलुमा प्रशस्त खनीज पदार्थ र भिटामिन पाइन्छ । यसमा भएको भिटामिन ई र के ले छालाका कोषहरूको वृद्धिविकास तथा छालामा भएको दागधब्बालाई समेत निको पार्नसक्छ । त्यसैले आलुलाई काटेर दागमा दल्ने । आलुको रस सुकिसकेपछि मनतातो पानीले पखाल्ने । दाग नहराउञ्जेल नियमित यो विधि अपनाउन सकिन्छ ।

सुपारी: सुपारीमा प्रशस्त भिटामिन ई पाइन्छ । यसले क्षय भएका शरीरका कोषहरूलाई पुनर्जिवीत गराउने काम गर्छ । त्यसैले सुपारीलाई १ घण्टासम्म भिजाएर खस्रो सतहमा घोट्ने । बाक्लो लेप बनाएर शरीरका कुनै पनि दाग भएको ठाउँमा लगाउन सकिन्छ । राति यसको लेप लगाएर विहान उठेर पखाल्दा उचित हुन्छ ।अण्डाको सेतो भाग: उसिनेको वा काँचै अण्डाको रानिलाई छुट्याएर बाहिरको सेतो भागको पेस्ट बनाएर नियमित दाग बसेको छालामा लगाउनाले दाग बिस्तारै हट्दै जान्छ ।
घिउकुमारी: घिउकुमारीको एउटै विशेष गुण भनेको यसको जलनविरोधकता हो । यसले छालामा भएको जलन, घाउ, चोटपटक लगायत दाग र धब्बालाई समेत निको पार्दछ । त्यसैले दैनिक घिउकुमारीको एउटा डाँठ चपाउनुपर्छ । त्यस्तै च्यात्तिएको छालालाई निको पार्नको लागि दिनहुँ दागमा घिउकुमारीको जेल लगाउने र १०/१५ मिनेटपश्चात मनतातो पानीले पखाल्नु पर्छ ।

Comments

Popular posts from this blog

भारतमा हप्तादिन लागूऔषध खुवाएर २१ बर्षीया रुसी महिलालाई सामूहिक बलात्कार

ऋषि धमला बने माेडल (भिडियाे सहित)

चलचित्र हेर्न हल पुगेका रविको कलाकारको भन्दा बढी क्रेज, रविलाई भेटेपछि जब यी नायिकाले अग्रेजी